Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)

रसुवा, १३ मङ्सिरः भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु छ अर्बको बजेट विनियोजन गरी पुनर्निर्माण तथा पुनःस्थापनका कार्य सुरु गरेको छ ।

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले बाढीबाट पुरिएको गोसाइँकुण्ड गाउँपालिकाका–५ स्थित स्याफ्रुबँेसीमा स्वास्थ चौकीको अस्थायी संरचनाबाट सेवा सञ्चालनका लागि आज हस्तान्तरण गर्नुभयो ।  

    बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बाढी प्रभावित रसुवा र नुवाकोटमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनसम्बन्धी कार्यप्रगतिबारे जानकारी दिनुभयो । सेभ द चिल्ड्रेनको सहयोगमा तीन श्ययाको उक्त चौकी भवन निर्माण हुँदैछ । 

    गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आधारभूत सेवा पुनःस्थापना र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन तीन तहको सरकारले  प्राथमिकताका साथ काम अघि बढाउन आवश्यक रहेकोे बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan