Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौँ, ५ असोजः जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

    हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९ ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan