Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

काठमाडौँ, ४ असोजः जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।  

    नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो । 

    नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको थियो । नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग ३–० सोझो सेटमा पराजित भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan