Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)

बागमती, ३१ भदौः बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ ।

पीडितको उद्धार तथा उनीहरूको पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्दै प्रदेश प्रमुख देवकोटाले उक्त सहयोग प्रदान गर्नु भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भोगिरहेका भोटेकोशी क्षेत्रका पीडितको अवस्था बुझ्न प्रदेश प्रमुख स्वयं यही भदौ १३ गते नुवाकोटको बिदुर पुगी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । 

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई अझ तीव्र बनाउन सरोकारवाला निकायसँग आग्रह गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्कटको यस घडीमा एकताबद्ध भएर जुट्न सम्बद्ध सबैमा अपिल गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan