Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताउनुभएको छ ।

सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताउनुभयो ।  

सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लाग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताउनुभयो ।

सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । 

सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी आन्दोलन भएको उल्लेख गर्नुहुँदै त्यो मुद्दालाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई विना भेदभाव राहत दिनुपर्नेमा त्यस्तो हुन नसकेको गुनासो आएको सुनाउनुभयो ।

सदस्य धर्मेन्द्र पासवानले सरकारले शिक्षा क्षेत्रका बारेमा ठोस नीति ल्याउनुपर्ने माग गर्नुभयो । सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहार परिवर्तन भएको हेर्न चाहेकाले त्यसअनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan