Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |
newsabhiyan

काठमाडौं, ३१ भदौ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बोलाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल भइरहेको छ ।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरू सहभागी छन् । रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री पुरुषोत्तम यादव बैठकमा सहभागी छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा नेता वर्षमान पुन पनि बैठकमा सहभागी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरूको समेत सहभागिता रहेको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

पछिल्लो समय मुलुकमा देखिएका राजनीतिक तथा प्राकृतिक विपद्का चुनौतीबीच विभिन्न दलका नेताहरू एउटै टेबलमा बसेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकले दलहरूबीचको समन्वय, संकट व्यवस्थापन र आगामी राजनीतिक सहकार्यका विषयमा समेत साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।

सिंहदरबारमा जारी बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा ठोस सहमति बन्छ वा दलहरूबीच थप छलफलको बाटो खुल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan