Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्सामा मोटरसाइकल चोरी बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | रासस

वीरगञ्ज (पर्सा), ३० भदौः जिल्लामा एक वर्षको अवधिमा २१० मोटरसाइकल चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा चोरी भएका २१० मोटरसाइकलमध्ये हालसम्म ४९ वटा मात्रै फेला परेका छन् ।

    प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सहरी तथा ग्रामीण क्षेत्रमा सडक, कार्यालय परिसर र घरअगाडि पार्किङ गरिएका मोटरसाइकल चोरी भएको छ । सुरक्षित स्थानमा राखिएका मोटरसाइकल पनि चोरी भएको उजुरी आउने गरेको उहाँले बताउनुभयो ।

    प्रहरीका अनुसार यही भदौ २४ गते वीरगञ्ज–बिर्तास्थित नारायणी सेन्ट्रल अस्पताल अगाडिबाट वीरगञ्ज–१० का आनन्दकुमार सिंहको नाममा दर्ता रहेको पल्सर मोटरसाइकल चोरी भएको उजुरी परेको थियो । उक्त मोटरसाइकल हालसम्म फेला परेको छैन । 

    यस्तै, यही भदौ २५ र २६ गते पनि मोटरसाइकल चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक मल्लका अनुसार मोटरसाइकल चोरीमा ग्यारेजमा काम गर्ने कामदार, कुलतमा लागेका तथा विगतमा विभिन्न अपराधमा संलग्नको सहभागिता देखिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि मोटरसाइकल चोरीका घटना बढेको प्रहरीको आकलन छ ।

    प्रहरीले मोटरसाइकल सकेसम्म सिसिटिभीको निगरानी भएको स्थानमा पार्किङ गर्न, लक गर्न र चोरी भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan