Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)
newsabhiyan

ओखलढुङ्गा, ३१ भदौः मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको  ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमा मृत्यु भएको हो । 

ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २५ वर्षीय मिलन राई,  सोही स्थानका २९ वर्षीय तुलसी थापामगर र २८ वर्षीय भीमबहादुर सार्की भने सकुशल छन् । चालक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan