Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऋषिपञ्चमीमा आँधीखोलामा नुहाउँदा महिलालाई खोलाले बगायो, चार किलोमिटर तल शव भेटियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |

स्याङ्जा । ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाको वालिङमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेकी छन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार मंगलबार बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो।
पाण्डेलाई खोलाले बगाएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गरेका थिए। खोजीका क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी तथा स्थानीयवासीको सहयोगमा शव निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। ऋषिपञ्चमीका अवसरमा नदी तथा खोलामा स्नान गर्ने क्रममा विशेषगरी चिप्लो ढुङ्गा, तीव्र बहाव र गहिराइका कारण दुर्घटनाको जोखिम हुने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan