Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पशुपति क्षेत्रमा तीज पर्वको तयारी,देशभरका शिवालयमा महिला भक्तजनको लाम लाग्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |

काठमाडौँ, २६ भदौः पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ । 

  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाको सहभागितामा तीज पर्व २०८३ का लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाइ तथा अन्य व्यवस्थापनका विषयमा समन्वय बैठक बसेको थियो । पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा–आराधना गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

    यस वर्षको तीज पर्व सुव्यवस्थित रुपमा सम्पन्न गर्न कोषले सात वटा उपसमिति गठन गरेर तयारी अघि बढाएको छ । अनुगमन उपसमितिको संयोजक सदस्य सचिव श्रेष्ठ नै रहनुभएको छ । यसैगरी सुरक्षा उपसमिति संयोजक कोष सञ्चालक परिषद् सदस्य रामशोभित नायक, स्वयंसेवक परिचालन उपसमिति संयोजक परिषद् सदस्य केदारमान भण्डारी, दर्शन व्यवस्थापन तथा चन्दन वितरण उपसमिति संयोजक परिषद् सदस्य गङ्गासागर बानियाँ, सरसफाइ व्यवस्थापन तथा स्थान व्यवस्थापन उपसमिति संयोजक परिषद् सदस्य रुपा शाही बास्तोला र तीज व्यवस्थापन उपसमिति संयोजकमा परिषद् सदस्य सङ्गीताकुमारी राम रहनुभएको कोषले जनाएको छ ।

    सम्बन्धित सम्पूर्ण निकायको सहकार्यमा तीज पर्वलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाउने विषयमा पनि विभिन्न उपसमिति बैठकमा छलफल भएको उहाँले बताउनुभयो । यस वर्षको हरितालिका (तीज) यही भदौ २९ गते सोमबार परेको छ । तीज व्रतका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको लाम लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan