Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाद्र २३ को जगमा टेकेर भाद्र २४ मा विध्वंसात्मक काण्ड भयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |
newsabhiyan

काठमाडौं, २६ भदौ । मुलुक ठुलो संकटमा परेको बेला सबैभन्दा पूराना पार्टी नेपाली कांग्रेस भने मुलुकलाई संकटबाट माथि उठाउनुपर्ने बेलामा आफैँ संकटको भूमरीमा परेको छ । कांग्रेसभित्रको विवादले कांग्रेसलाई विभाजनको डिलमा पु¥याएको छ ।

कांग्रेस अहिले विभाजनको अवस्थामा पुगेको र अर्को पुरानो पार्टी नेकपा एमालेभित्र पनि संकट उत्पन्न गराउने प्रयास जारी रहेको छ । यी दुवै पार्टीहरूले निकै लामो समयदेखि आलोपालो सरकारले नेतृत्व गर्दै आएका र विभिन्न कठिनाईहरू भोग्दै आएका थिए ।

गत साल २०८२ मा भएको जेनजीहरूको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यपछि पुराना पार्टीहरूप्रति एक किसिमको विरोधको लहर नै चलाइएको थियो । त्यसैकोमारमा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टीहरू परे भने मधेशवादी दलहरू र झण्डै किनारा नै लागेका छन् ।

जेनजीहरूको विरोध प्रदर्शन र विध्वसत्मक कार्यका दोष पुराना दलहरूलाई लगाएर सरकारी भवनहरू सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन लगायत दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी गरियो । राष्ट्रपतिको कार्यालयमा समेत आगजनी भयो ।

राष्ट्रपतिको कार्यालयमा समेत नेपाली सेनाले सुरक्षा दिन सकेन । २०८२ भाद्र २३ र २४ गतेको प्रकरणपछि असम्वैधानिक तवरले संसदले विघटन गरियो । संसद जिवितै रहेको अवस्थामा संविधान विपरित सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो ।

यी सबै कार्यहरूले गर्दा संविधान विपरितका सम्वैधानिक कार्य थियो । कार्की सरकारले संसद विघटन गर्दै २०८२ फागुन २१ गते संसदको निर्वाचन गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कार्की सरकारले संसदको निर्वाचन गरायो । त्यो निर्वाचनका निर्वाचनका लागि निर्वाचन मात्र थियो । भाद्र २३ र २४ गतेको घटनाहरू एक्कासी घटेका घटना थिएनन् ।

भाद्र २३ गतेको जेनजीहरूको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुधन गुरुङले नै विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएका थिए तर उनले आफू पानी बाँड्न आएको सार्वजनिक रुपमै उद्घोष गरेका हुनाले भाद्र २३ र २४ गतेको घटनाहरू सबै सुनियोजित थिए भनेर अहिले प्रमाणित हुँदै गएको खबर अभियान साप्ताहिकमा उल्लेख छ ।

भाद्र २४ गतेको विध्वसत्मक घटनामा रास्वपाका प्रायः सबै नेता तथा कार्यकर्ताहरू सहभागि भएका थिए भने सहकारी ठगी काण्डमा जेलमा रहेका सभापति रविलाई जेलबाट मुक्त गरिएको र भाद्र २४ गतेको घटना रास्वपाका नेता तथा कार्यर्ताहरू नै सहभागि भएका थिए भने उनीहरूलाई काठमाडौ महानगरका तत्कालिन मेयर बालेनको समर्थक थियो ।

त्यही कारणले गर्दा बालेन सहित सुधन गुरुङ लगायत धेरै व्यक्तिहरू रास्वपामा प्रवेश गरे ।

उनीहरू रास्वपाकै टिकटबाट संसदीय निर्वाचनमा गएको र उनीहरू प्रायः सबै निर्वाचित भएर अहिले संसदमा पुगेका र रास्वपाकै बालेन नेतृत्वको सरकार बनेको हुनाले त्यसबेलाको विरोध प्रदर्शन त भाद्र २४ गतेको विध्वसात्मक कार्यको लागि मात्र रहेको विस्तारै प्रमाणित हुँदै गएको जस्तो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan