Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २२ सोमबार | (रासस)
newsabhiyan

काठमाडौँ, २२ भदौः राष्ट्रिय समाचार समिति (रासस) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा राससका महाप्रबन्धक सन्दीप राई र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले आज भद्रकालीस्थित टेलिकम कार्यालयमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नेपाल टेलिकमले राससलाई इन्टरनेट सेवा उपलब्ध गराउने छ भने राससले आफ्नो समाचार सेवा टेलिकमलाई उपलब्ध गराउने छ ।

द्विपक्षीय सम्झौतापछि आयोजित कार्यक्रममा महाप्रबन्धक राई र प्रबन्ध निर्देशक पहाडीले दुई सरकारी निकायबीचको सेवा आदानप्रदानसँगै सेवाग्राही विस्तारसहित सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।    

उहाँहरूले आपसी सहयोग र सहकार्यको अवधारणासहित अघि बढेको सम्झौता आगामी असोज १ गतेदेखि कार्यान्वयन भएसँगै आ–आफ्ना संस्थाका तर्फबाट उपलब्ध सेवा आदानप्रदानका साथ प्रवद्र्धनात्मक कार्यक्रम एवं गुणस्तरीय सेवा प्रवाह भई दुवै संस्था लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan