Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार सम्पादक ज्ञवालीलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २१ आइतबार | (रासस)

काठमाडौँ, २१ भदौः लघुवित्तका अगुवा डा हरिहरदेव पन्तको स्मृतिमा स्थापित ‘डा हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ ‘लगानी न्यूज’का सम्पादक आशीष ज्ञवालीलाई प्रदान गरिएको छ ।

    डा हरिहरदेव पन्तको ११औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उक्त पुरस्कार सम्पादक ज्ञवालीलाई प्रदान गरिएको हो । पन्त फाउन्डेशनद्वारा स्थापना गरिएको उक्त पुरस्कार ११औँ वार्षिक पुण्य स्मृति दिवशका अवसरमा प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

    सम्पादक ज्ञवालीले आफूले पाएको पुरस्कार रकमबाट रु २५ हजार नुवाकोटका पत्रकार किरण अधिकारीलाई सहयोग गर्नुभएको छ । भोटेकोशीमा गएको बाढीबाट प्रभावित भएका अधिकारीलाई सम्पादक ज्ञवालीले उक्त रकम सहयोग गर्नुभएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan