Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कविता: ।। बा ।।

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |
newsabhiyan

आजकल भान्सा खल्लो लाग्छ बा
अलिकति नुन जीवनमा थपिदेउन बा
बाले देखाएको जीवनको गोरेटो बाटो
आजकल पीच भएपनि चिप्लो छ
एकैछिन भएनि हात समातिदेउन बा।।

आजकलका शब्दहरु खराँ छन
शब्दहरुमा मिठास भरिदेउन बा
आजकल आवाजहरुमा भाका छैन
भाकाहरुमा जीवनको स्वर छैन
जीवनको सुर मिलाईदेउन बा।।

गीत बनाँउन खोज्छु 
शब्दहरु यत्रतत्र भाग्छन
बेसंगतका गीतहरुमा
जीवनको रंग उजाडिएको छ
जीवनमा रंग मिलाईदेउन बा।।

 कसैको आफ्नो साथ बनाँउन खोज्छु
आफ्नै हातहरु कामेर आउछन्
कसैलाई आफ्नो बिश्वासमा खोज्छु
आफ्नै खुट्टाहरु कामेर आउछन्
 बिश्वासको परिभाषा मिलाईदेउन बा।।

सबैकुरा छ र पनि मन खुसी छैन 
केही पलहरु आफैसग छैन जस्तो
जीवन घरिघरि आफैसँग ठोकिन्छ
आफैसंग अनेकन प्रश्नहरु गरिरहन्छ
जीबनका प्रश्नहरुको उत्तर मिलाइदेउन बा।।

-दिनेश घिमिरे
विरुवा,भक्तपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan