Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–जापान साहित्य सम्मान डा क्षेत्री र डा इतोलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १६ मंगलबार | (रासस)

काठमाडौँ, १६ भदौः नेपाल–जापान लेखक सङ्घले यस वर्षको नेपाल–जापान साहित्य सम्मान डा. दुबसु क्षेत्री र डा. युकी इतोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    सङ्घको यही भदौ १६ गते बसेको विशेष बैठकले नेपाल र जापानबीचको साहित्यिक, शैक्षिक, भाषिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ तथा प्रगाढ बनाउन विशिष्ट योगदान पुर्‍याएबापत डा. क्षेत्रीलाई विसं २०८३ (सन् २०२६) को नेपाल–जापान साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी, जापानमा नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत डा. इतोलाई पनि विसं २०८३ (सन् २०२६) को नेपाल–जापान साहित्य सम्मान प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

    दुवै सम्मान आगामी मङ्सिरमा काठमाडौँमा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ । पुरस्कारका साथ जनही रु एक लाख र सम्मानपत्र प्रदान गरिने सङ्घका महासचिव बद्रीप्रसाद ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan