Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वीरगञ्जमा  निषेधाज्ञा जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

जनकपुरधाम, १४ साउन : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

    वीरगञ्जको पूर्वमा प्रतिमा चौक बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे पुल, उत्तरमा गणेश चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । 

    आदेशमा भनिएको छ, “तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ ।” स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम उक्त आदेश जारी गरिएको सूचनामा उल्लेख छ । 

    पछिल्लो समय वीरगञ्ज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रजिअ दाहालले राससलाई बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan