Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

काठमाडौँ,  १४ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ ।
 
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१  अङ्कले घटेर ४६७ दशमलव ६९ पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ९७ अङ्कले घटेर १८३ दशमलव ५९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले घटेर १५८ दशमलव ५० मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु तीन अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये आज १३ वटै उपसमूह घटेका छन् । आज ५९ कम्पनीको सेयर बढ्यो भने २०६ कम्पनीको सेयर घट्यो । त्यसैगरी  ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी कालिञ्चोक हाइड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan