Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधान र विधिको शासनको पक्षमा उभिन जेनजी मुभमेन्टको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

काठमाडौँ, १४ साउनः ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
     
जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।    
     
नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ रहन सबैसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कारबाही गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan