Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)
newsabhiyan

कर्णाली, १२ साउनः सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् । 

हलकण्डरा डाँडागाउँबाट आज बिहान १०ः०० बजे  दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नंको यात्रुबाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिदा जिपमा सवार ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
 
त्यसमध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक पोखेरेलका अनुसार छाती, ढाड र शरीरको भित्री अङ¬्गमा चोट लागि गम्भीर अवस्थाका चारै बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ । 

अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan