Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ९ शनिबार | (रासस)

सुदूरपश्चिम, ९ साउन : पाँच बुँदे माग राखी तीन दिनदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्दै आउनुभएका प्राडा गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ ।

उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको अस्पताल प्रमुख डा हेमराज पाण्डेले जानकारी दिनुभयो । लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो ।

यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुभएको छ । डा पाण्डेका अनुसार मन्त्री मेहताले उहाँसँग टेलिफोन गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको हो ।

“मन्त्रीले डा केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । यहाँ सम्भव भएसम्म सबै उपचार गर्न र केही समस्या भए तुरुन्त वैकल्पिक व्यवस्थाका लागि पहल गर्न र काठमाडौँ रेफर गर्नुपर्ने अवस्थाबारे जानकारी गराउन भन्नुभएको छ । सोहीअनुसार हामीले उच्च सतर्कतासहित निगरानी  गरिरहेका छौँ”, अस्पताल प्रमुखडा पाण्डेले भन्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan