Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ८ शुक्रबार | रासस

 गण्डकी, ८ साउनः कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताउनुभयो ।

कृषि तथा पशु सेवा शाखा प्रमुख पशु चिकित्सक सुशील अर्यालले सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने बताउनुभयो ।

किसानले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशुसम्बन्धी सेवा प्राप्त गर्ने उहाँको भनाइ छ । सोही भवनबाट कृषि र पशु सेवासम्बन्धी प्रयोगशालाको सुविधा उपलब्ध हुने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan