Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेश सरकारबाट एमाले बाहिर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ६ बुधबार |

काठमाडौँ, ६ साउनः बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) का बाहिरिएको छ ।
       
एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्रमार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आफ्नातर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेस गर्नुभएको हो । प्रदेश सरकारहरूमा गठनबन्धन उलटपुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमालेले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो ।
       
नेता थपलियाको पत्रमा एमालेको निर्णय र वर्तमान रानीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएकाले आवश्यक संवैधानिक एवं कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ । 

यही साउन ४ गते सो दलको काठमाडौँमा भएको बैठकले प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा छलफल गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan