Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस संस्थापन इतरले छुट्टै मनाउने भयो बीपी स्मृति दिवस, प्रज्ञा भवनमा विशेष समारोह आयोजना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार |

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ।

६ साउनमा काठमाडौंको प्रज्ञा भवन, कमलादीमा विशेष समारोह आयोजना गर्न पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए। समारोहलाई व्यवस्थित बनाउन प्रचारप्रसार, व्यवस्थापनलगायत आवश्यकताअनुसार विभिन्न उपसमितिहरू पनि गठन गरिने उनले बताए।

निर्णय कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालयमा बसेको बैठकले गरेको हो।

यसअघि आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त समूहले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक मतभेदका बाबजुद धैर्यतापूर्वक पार्टी एकताको प्रयास जारी राखिरहेको जनाएको थियो।
संस्थापन इतर समूहले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य र पार्टीको वैचारिक दिशामाथि केन्द्रित कार्यक्रममार्फत स्मृति दिवस मनाउने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan