Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार |

काठमाडौँ, ४ साउनः कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ । 

    मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।

    यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan