Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)

काठमाडौँ, १२ साउनः नेपाल सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप आजदेखि सुरुआत गरेको छ ।

    मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत ‘कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस÷डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्याउने’ कार्यान्वयनका सन्दर्भमा सो एप सुरुआत गरिएको हो ।  

    यस निर्णयानुसार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित अन्य सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत, कैलालीका सङ्घीय कृषि उपज बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यको विवरण ‘एएमपिआइएस नेपाल’ एप्लिकेशनमार्फत प्रवाह हुनेछ ।
 
    उक्त मोबाइल एप्लिकेसन कृषि, वन तथा पर्यावरण मन्त्रालयको कृषि विभागको वेवसाइटमा राखिएको क्यूआर स्क्यान गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

    यस एप्लिकेसनको प्रयोगबाट ल्लिखित कृषि बजारहरुमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको न्यूनतम, अधिकतम र औषत मूल्य, बजार अनुसार मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृति र कृषि मौसमी सल्लाह बुलेटिन सम्वन्धि विवरण समेतको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

    कृषिमन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताउनुभएको छ । साथै उहाँले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेखसमेत गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan