Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३ आइतबार | (रासस)

सुदूरपश्चिम, ३ साउनः सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो ।

    प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६÷९६ प्रतिशत रोपाइँ भएको छ । कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ । 

    दार्चुलामा ९१ दशमलव ७२, अछाममा ९०, बझाङमा ९१, बैतडीमा ९० दशमलव एक र बाजुरामा ९१ दशमलव ९८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कँडेलले जानकारी दिनुभयो । प्रदेशका नौ जिल्लामध्ये डोटीमा सबैभन्दा कम ६० दशमलव एक प्रतिशत मात्रै रोपाइँ भएको छ । जिल्लामा धान रोप्न योग्य छ हजार ४२६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ८५६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको उहाँले जनाउनुभयो ।

    कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधिक गर्न बाँकी रहेको जनाउँदै मनसुन सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको बताउनुभयो । सोमबारसम्म प्रदेशभर करिब ९७ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan