वि.सं.२०७२ साल चैत्र १६ गते मङ्गलवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १६ मंगलबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको १६ गते मङ्गलवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको षष्ठी तिथि । अनुराधा नक्षत्र अहिले बिहान ६ः३३ बजेसम्म उपरान्त ज्येष्ठा नक्षत्र । सिद्धि योग १०ः१४ बजेसम्म उपरान्त व्याधिपात योग । आनन्दादि योगमा वज्र योग । गर करण १४ बजेर ५० मिनेटसम्म उपरान्त वणिज करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ मार्च महिनाको २९ तारिख ।
आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा बृश्चिक राशिमा । मङ्गल बृश्चिकमा । बुध मीन । बृहस्पति सिंहमा । शुक्र कुम्भमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ६ बजेर ०० मिनेटमा र सूर्यास्त साँझ १८ बजेर १९ मिनेटमा हुनेछ ।
आजको राशिफल :२०७२ चैत्र १६ गते मङ्गलवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय पनि देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । विवाहको प्रस्तावलाई पनि सजिलै स्वीकार नगरिहाल्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने गुरु गणपतिको दर्शनभक्ति गर्नुले अनिष्ट गोचरदोषलाई निवारण गर्न मद्दत हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिनलाई तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ । उत्साह उमंगप्रद दिन भएकोले काममा रुचि र सफलता पनि मिल्ने देखिन्छ । शत्रुपक्षले पनि मित्रताको भाषा बोल्नेछन् । कामकार्य तथा जनव्यवहारमा भूमिका निर्वाह गर्न आज यहाँलाई अल्लि सहज हुनेछ देखिन्छ । स्वास्थ्यामा आरोग्यता बढ्ने हुनाले अनुहारमा कान्तिबृद्धि हुने र प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ । व्यवसायबाट राम्रो लाभ हातपार्न सकिनेछ । विद्यार्थीहरुलाई परीक्षामा उर्तिण र सन्तुष्टि मिल्नेछ । आज यो राशि हुनेहरुले हरियो रङ्ग छ अङ्कको प्रयोग एवम् सिद्धिविनायक गणेशको स्तुति गर्नु थप सफलताकारक हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ । विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । पेशा तथा व्यवसायमा रणनीतिक परिश्रमले आंशिक लाभ गर्न सकिनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान गणेशको भक्तिभाव गर्नु आज यहाँको लागि शुभप्रद हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो एवम् शारीरिक स्फुर्तिकर दिन परेको छ । काममा यथेष्ट मन लागेर आउने र शुभेच्छुकबाट मद्दत पनि जुट्ने हुनाले विशेष कार्य सम्पादन हुनसक्ने छ । शत्रुमुकाविला तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ । व्यवसायिक कामकार्य एवम् पेशाको क्षेत्रबाट राम्रो लाभ तथा अर्थ सङ्कल हुनेछ जसले गर्दा पर्याप्त उत्साह र उमङ्ग बढेर आउनेछ । रोकिएर रहेका कामहरु बन्नेछन् भने नयाँ कार्यको बारेमा पनि सोँचविचार बढ्नसक्ने छ । खेलाडीहरुले राम्रो पौरख प्रस्तुत गर्न सक्ने दिन रहेको छ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोष लाग्नसक्ने ग्रहगोचरीय स्थिति रहेकोले बोलीवचनको व्यवहारमा ख्याल गर्नु उपयुक्त हुनेछ । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने गुरु गणपतिको आध्यात्मिक क्षमताको बृद्धि गर्नेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज ग्रहको बाधक भूमिका हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमान िहुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने ऋद्धिसिद्धिपति भगवान गणेशको भक्तिभाव गर्नाले थप बाटो प्रसस्त हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज केही कठिनाइको सामना गर्नपर्ने खालको दिन रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । धैर्य धारण गर्न नसके खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला । आज यहाँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान वीरहनुमानको आराधना शुभकर हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि आज आयप्रद दिन देखिएको छ । तथापि जोड गरेको कार्यमा अदृष्य रोकावट आउनसक्ने छ । जसको निवारणको लागि गुरु बृहस्पति एवम् भैरवदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । व्यवसायिक क्षेत्रबाट ठिकै अर्थोपार्जन गर्नसकिनेछ । आफन्तीजनसँग भेट्घाट हुने र औपचारिकता निभाउन पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । महत्त्वाकांक्षी आश्वासन पनि मिल्न सक्नेछ । आज यहाँको लागि २ अंक, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने भगवान हनुमानदेवको सेवाश्रद्धाले थप कृपा प्राप्त हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिनलाई उत्तम मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान शिवको आराधना शुभप्रद हुनेछ । गरीब दीनदुःखीलाई दान सहयोग गर्नाले ईच्छित कार्य पूरा गराउन दैवीय कृपा मिल्नेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अल्लि हौंस्याउने र उपलब्धि कम दिने खालको छ । मान्छेहरुले फुरुङ्ग पारेर तपाईँबाट काम लिन खोज्ने छन् भने कसैकसैबाट तपाईको अवमूल्यन पनि हुनसक्ने गोचर परेकोले विशेष होसियारी राख्नुपर्ने छ । अल्लि बढी परिश्रम गरेरमात्रै ईच्छित लाभ हातपार्न सकिनेछ । धार्मिक कार्यको उत्प्रेरणा मिल्ने र केही धार्मिक कार्य सम्पादन हुनेछ । विचलित नभई स्वकार्यमा तल्लिन रहनाले संघर्ष एवं अपजशको बाबजुत पनि परिणाम राम्रो ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मका सम्बन्धमा उठेका सन्देह तथा जिज्ञाशाको समाधान मिल्नेछ । अपयशको बाबजुतपनि वैयक्तिक विकास हुनेछ र क्रमशः केहीहद्सम्म सफलता पनि मिल्ने छ ।
