वि.सं.२०७२ चैत्र १२ गते शुक्रवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको १२ गते शुक्रवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको द्वितीया तिथि २०ः४२ बजेसम्म उपरान्त तृतीया तिथी । चित्रा नक्षत्र २३ः३३ बजेसम्म उपरान्त स्वाती नक्षत्र । ध्रुव योग ०८ः४५ बजेसम्म उपरान्त व्याघात योग । आनन्दादि योगमा मुसल योग । तैतिल करण ०७ बजेर ३८ मिनेटसम्म उपरान्त गर करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ मार्च महिनाको २५ तारिख ।
आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा अहिले बिहान १०ः१४ बजेसम्म कन्या राशिमा उपरान्त तुलामा । मङ्गल बृश्चिकमा । बुध मीन । बृहस्पति सिंहमा । शुक्र कुम्भमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् ।
काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ६ बजेर ०४ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर १७ मिनेटमा हुनेछ ।
आजको राशिफल :२०७२ चैत्र १२ गते शुक्रवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने विपरित लिङ्गिसँगको समन्वयात्मक कार्य फापसिद्ध हुनसक्ने छ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । इष्टकार्यको अन्तिममा आउने बिघ्नताको निवारणको लागि भने आज यहाँले माँ इन्द्रयाणीको स्मरण गर्नु बुद्धिमानी हुनेछ । त्यस्तै आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जाने फाइदा लिन सक्नुहुने छ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही ख्याल पुर्याउन पर्ने समय छ । आत्मप्रशंसाको आसक्ति एवम् विद्वतताको अनाबश्यक फुतिफार्तिले आफैलाई हलुङ्गो बनाउनसक्ने र फगतको विषयान्तर चर्चाले आफ्नै कामकार्यमा बाधापुग्ने साथै अन्तिममा पछुतो हुनसक्ने छ । तथापि दैनिक व्यवसाय आदिबाट आंशिक लाभ गर्न सकिने नै छ भने केही बढी परिश्रम तथा संघर्ष पछि पूरा गर्न खोजेको कार्य केही अघि बढाउन सकिनेछ । आज यहाँको लागि रातो सेतो र पहेंलो रङ्गको प्रयोग एवम् माँ इन्द्रायणीको सेवा गर्नु शुभप्रद हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज ग्रहगोचरको स्थिति सामान्य प्रतिकूल प्रतित भइरहेकोले व्यवहारमा सावधानी अप्नाउन जरुरी देखिन्छ । जरुरी विषयमा मात्रै चासो राख्नु बुद्धिमानी हनुेछ । आवश्यकभन्दा बढी वाणीविलासले वादविवाद सृजना गर्नसक्ने भएकोले होसियारी पुर्याउनु होला । स्वास्थ्यमा पनि मन्दि आउनसक्ने भएकोले खानपानमा विचार पुर्याउन जरुरी देखिन्छ । समस्या आएपनि धैर्यतालाई पालना गर्नाले कष्ट निवारणमा मद्दत हुनेछ । चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ । आमा वा आमासमानकी मातृशक्तिको आज्ञा वा आर्शिवाद फापसिद्ध हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । सम्भावित प्रतिकूलतालाई न्यूनिकरण गर्न आज यहाँले माँ सन्तोषीको सेवा आराधना गर्नु शुभकर हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन अबरोध हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने अबरोध निवारणको लागि कुमारीको दर्शनले दैविक मद्दत हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने कुनै कन्यालाई सेतो वस्तु दानदिनु विशेष शुभप्रद हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि आज मानसम्मान एवम् पदप्रतिष्ठा मिल्ने खालको रहेको छ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । उच्चवर्ग तथा उच्चपदस्थ व्यक्तित्तहरुसँगको भेटघाटले महत्त्वाकांक्षी भावना भने बढाउने देखिन्छ । विशेष विषयमा गम्भीर चर्चाको वातावरण बन्नसक्ने छ । कार्यक्षेबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ भने अपेक्षित उपलब्धिको लागि माँ इन्द्रायणीको श्रद्धाभक्ति अझ प्रभावकारी हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज मनमा अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिक आश्रम आदिलाई सहयोग शुभ हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज विपरित रहेको छ, स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता आइपर्न सक्नेछ । आफ्नै बुद्धिले दुःख पाइनसक्ने पनि ग्रहगोचरले देखाइरहेको छ तसर्थ व्यवहारिक तरिकाबाट सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । आत्मबल बढाएर संघर्ष गर्नाले अन्तिममा सफलता मिल्नेछ । कार्यक्षेत्रमा अल्लि बढी परिश्रम गर्दा केही उपलब्धि आर्जन गर्न सकिएला । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
