Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय नाकाबन्दीबाट बेखवर छ हिमालपारीको जिल्ला मनाङ

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर ३ बिहीबार | २१२१ पटक हेरिएको

लगातारको तराई बन्द अनि भारतीय नाकाबन्दीका कारण यतिबेला मुलुकभरको जनजीवन प्रभावित भएको छ । इन्धनको चरम अभाव भएको छ । खाद्यान्न पाउन हम्मे हम्मे परेको छ । तर हिमालपारीको जिल्ला मनाङ यी सबबाट बेखवर छ । मनाङलाई नाकाबन्दीको मारले छोएको छैन ।

मनाङको पर्यटन व्यवसाय निरन्तर चलिरहेको छ । नाकाबन्दीकै क्रममा पनि मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ । हिमालपारीको जिल्ला मनाङ पुगेका आन्तरिक पर्यटक र ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पार गर्न पुगेका बाह्य पर्यटकहरुले यतिबेला मनाङको सदरमुकाम चामे, माथिल्लो मनाङ लगायतका क्षेत्रहरु खचाखच भरिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan