Thursday 19th of November | २०८३ मङ्सिर ३ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
newsabhiyan

काठमाडौं, ३ मंसिर : काठमाडौं महानगरपालिका-१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलंकी बस्ने धादिङ घर भएका ४०वर्षीयअर्जुन ढुङ्गाना समेत ८ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । 

मोरङ, बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८ सय २५ रूपैयाँ र ११ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan