भिमफेदीमा सुमो दुर्घटना, १० जना घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा आज बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
ना.१ ज २१४३ नम्बरको सुमो दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।
दुर्घटनालगत्तै उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, भिमफेदी प्रहरी कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसमेत उद्धार कार्यमा परिचालित भएको छ।
घाइतेहरूको अवस्था, दुर्घटनाको कारण तथा सुमोमा सवार यात्रुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी।


