जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार |
बाँके, ३ मंसिर : २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका-८ बस्ने ३२ वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालयकोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


