जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने
जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले बिहीबार फिफाको अध्यक्ष पदको निर्वाचनमा जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
फिफाको अध्यक्षका लागि निर्वाचन आगामी मार्चमा हुनेछ । यो घोषणासँगै इन्फान्टिनोलाई चुनौती दिने ताशिमा दोस्रो व्यक्ति हुनुभएको छ । यसअघि उक्त पदका लागि पूर्व टोटनहम डिफेन्डर रामोन भेगाले उम्मेदवारी घोषणा गरिसक्नुभएको थियो ।
फिफा काउन्सिलमासमेत रहिसकेका ६८ वर्षीय ताशिमा जापानी फुटबल सङ्घका लोकप्रिय सदस्य हुन्ुहुन्छ ।
उहाँले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “जापान फुटबल सङ्घको पूर्ण समर्थनमा मैले फिफा अध्यक्ष पदको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छु। जापानी फुटबलले लामो समयदेखि मूल्यवान् ठानेका र निर्माण गरेका इमानदारी, निष्ठा र उच्च नैतिक मापदण्डहरू विश्वव्यापी फुटबल समुदायसमक्ष स्पष्ट रूपमा पु¥याउनु महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ।”
उहाँले भन्नुभयो, “यी सिद्धान्तहरू विश्वसँग साझा गर्न र फुटबलको राम्रो भविष्यका लागि योगदान पु¥याउन मैले फिफा अध्यक्ष पदको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छु।”
सन् २०१६ देखि सन् २०२४ सम्म जापान फुटबल सङ्घका अध्यक्ष रहिसकेका ताशिमाले थप्नुभयो, “वर्षौंदेखि मैले आर्जन गरेको अनुभवको आधारमा विश्व फुटबलको थप विकासमा योगदान पु¥याउन दृढ सङ्कल्पका साथ यो चुनौती लिनेछु।”
उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्नुपर्ने अन्तिम मिति नोभेम्बर १८ हो। पदासीन इन्फान्टिनो चौथो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुन खोजिरहेका समय उम्मेदवारी घोषणा भएको हो ।
उहाँको विश्वकप बिक्री योजना विफल भएपछि उहाँले चर्को आलोचना र राजीनामाको मागको सामना गरिरहनुभएको छ । गत महिना एसियाली फुटबल महासङ्घले ५६ वर्षीय इन्फान्टिनोलाई समर्थन गरेपछि उहाँ पुनः निर्वाचनका लागि बलियो स्थितिमा पुगेको विश्वास गरिएको थियो ।
इन्फान्टिनोले यसअघि सदस्य सङ्घहरूको ‘अत्यधिक ठूलो बहुमत’ को समर्थन रहेको बताउँदै राजीनामाको मागलाई अस्वीकार गर्नुभएको थियो ।


