Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौँ, १९ कात्तिक: प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।

    मोरङको विराटनगर महानगरपालिका-१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका-१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका-३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका-१ बाट एक, दाङको घोराही उपमहानगरपालिका-१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan