Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्वमा पनि कानुन संशोधन प्राथमिकतामाः मन्त्री गौतम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस)

काठमाडौँ, १९ कात्तिकः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोवित गौतमले द्रुत गतिमा ५९ वटा कानुन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ । 

    पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गौतमले चाडपर्वको समयमा पनि कानुन संशोधन द्रुत गतिमा अघि बढाइने बताउनुभयो ।

    “हामीले एकैपटक ५९ वटा ऐनका कानुन संशोधन गर्ने गरी आवश्यक काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालयमा लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ वटा ऐनका ४९४ वटा कानुन संशोधन र परिमार्जनका लागि आवश्यक मस्यौदा उपलब्ध गराएको छ । हामीले सो ऐनका प्रावधानलाई ‘पोलिस’ गर्ने काम गरिरहेका छौँ । जतिसक्दो छिटो सो कानुन ल्याउने गरी आवश्यक गृहकार्य भइरहेको छ ।” 

    मन्त्री गौतमले चाडपर्वको समय भए पनि व्यवस्थापन गरेर नीतिगत र कानुनी सुधारलाई उच्च प्रथामिकतामा दिएर काम भइरहेको  बताउनुभयो । उहाँले कानुन संशोधनका लागि कर्मचारीतन्त्रबाट पनि आवश्यक सहयोग पाइरहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan