जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं, १९ कात्तिक : नवलपरासी पूर्व,देवचुली नगरपालिका-१७ कुलेनीबस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
धनुषा,जनकपुरधामउपमहानगरपालिका-२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाईनगद १७ हजार ४ सय रूपैयाँ र ५ बुकतास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


