Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)

भद्रपुर (झापा), १७ कात्तिकः तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्वतयारी अभ्यास गरेको छ ।

    भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले त्यसको सामना गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न अभ्यास गरिएको बताउनुभयो ।

    अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीले आगलागी नियन्त्रणका उपकरण प्रयोग, आगो निभाउने विधि तथा उद्धार कार्यको व्यावहारिक अभ्यास गरेका थिए । यस्ता अभ्यासले सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा स्थानीय तह र अन्य सरोकारवाला निकायसँगको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले तिहारमा पटका तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन र घर तथा पसलमा आगो एवं विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan