Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रमुख प्रशासकीय अधिकृत नियन्त्रणमा : पालिकाको काममा केही दिन समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

ख्वप (भक्तपुर), १७ कात्तिक  :  मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ ।  

नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामोसमयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताउनुभयो । नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई  नियन्त्रणमा लिएको थियो । 

कार जाँच गर्ने क्रममा शङ्कास्पद नगद रकम फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उक्त कारबाट रु ३३ लाख बरामद भएको थियो । सो रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसवापत लिई व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा रहने व्यवस्था छ । उहाँले नगरपालिकाको दैनिक प्रशासन सञ्चालन, नगरसभा तथा कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा तथा कार्यपालिकाका निर्णय कार्यान्वयन गर्ने, कर्मचारी प्रशासन सञ्चालन गर्ने तथा आर्थिक प्रशासन र बजेट कार्यान्वयनसम्बन्धी जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था छ । 

नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, कर्मचारीबीच समन्वय गर्ने तथा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारीसमेत प्रमुख प्रशासकीय अधिकृतको रहने कानुनी व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan