पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | रासस
गण्डकी, २३ असोजः पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् ।
कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले राससलाई जानकारी दिनुभयो ।
