Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

काठमाडौँ, २३ असोजः सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

 अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल रु ७०  प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan