Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्राष्ट्रिय सहकार्यसहित प्राइम इन्टरनेसनल फेसन इन्स्टिट्युट सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फेसन शिक्षा प्रदान गर्ने उद्देश्यले ‘प्राइम इन्टरनेसनल फेसन इन्स्टिट्युट’ (पिफी) सञ्चालनमा आएको छ। काठमाडौँको हात्तीसारस्थित युएसएम कम्प्लेक्समा इन्स्टिट्युटको कक्षा सञ्चालनको औपचारिक शुभारम्भ गरिएको हो।

नेपाली फेसन क्षेत्रमा करिब तीन दशकदेखि सक्रिय फेसन डिजाइनर तथा इन्स्टिट्युटका संस्थापक एवं कार्यकारी अध्यक्ष राजेश धाख्वाको २८ वर्षभन्दा लामो व्यावसायिक अनुभव र प्राइम कलेजको २५ वर्षभन्दा बढीको शैक्षिक अनुभवलाई समेटेर व्यावहारिक तथा उद्योगमुखी फेसन शिक्षा प्रदान गर्ने उद्देश्यले इन्स्टिट्युट स्थापना गरिएको हो।

नेपालमा फेसन शिक्षालाई व्यावहारिक, सिर्जनात्मक र प्रत्यक्ष रूपमा उद्योगसँग जोड्दै विद्यार्थीलाई रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर प्रदान गरी आत्मनिर्भर बनाउने इन्स्टिट्युटको उद्देश्य रहेको छ।

इन्स्टिट्युटमा तीन महिनाको प्रारम्भिक अध्ययन पूरा गरेपछि विद्यार्थी तथा शिक्षार्थीले थाइल्यान्डको बैंककस्थित ‘बुन्का फेसन स्कुल’ (Bunka Fashion School, Bangkok) मा थप अध्ययनका लागि जाने अवसर पाउने व्यवस्था गरिएको जनाइएको छ।

इन्स्टिट्युटका संस्थापक एवं कार्यकारी अध्यक्ष धाख्वा ‘फेसन डिजाइनर सेन्टर नेपाल’ (एफडीसी नेपाल) का संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँ थाइल्यान्डस्थित बुन्का फेसन स्कुलका लागि नेपालका आधिकारिक प्रतिनिधि तथा कार्यक्रम संयोजकसमेत हुनुहुन्छ।

बैंककस्थित बुन्का फेसन स्कुल सन् १९२३ मा जापानमा स्थापना भएको प्रतिष्ठित बुन्का फेसन कलेजसँग सम्बन्धित दक्षिणपूर्वी एसियाको पहिलो ‘चेन फेसन स्कुल’ रहेको इन्स्टिट्युटले जनाएको छ।

नेपालमा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा सञ्चालन हुने यस्तो शैक्षिक पहलले नेपाली फेसन शिक्षा र उद्योगलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्न तथा विद्यार्थीलाई विश्वस्तरीय अवसरसँग परिचित गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

संस्थापक धाख्वाले फेसन शिक्षालाई सिर्जनात्मकतासँगै डिजाइन, उत्पादन र बजारको वास्तविक अभ्याससँग जोडिनुपर्ने बताउनुभयो। उहाँका अनुसार पिफीमार्फत युवाले फेसन शिक्षा र अभ्यासका माध्यमबाट फेसन उद्योगलाई बुझ्दै डिजाइनरका रूपमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan