Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस-एपी)

मेक्सिको सिटी, २३ असोज : उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको दङ्गामा नौ कैदी र एक परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको छ भने १६ कैदी घाइते भएका छन् ।

बन्दरगाह सहर माजाट्लानस्थित उक्त कारागारमा परिवारका सदस्य भेट्न आएका बेला दङ्गा भड्किएको राज्यका अधिकारीहरूले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका क्रममा कैदीहरूले बन्दुकसमेत प्रयोग गरेका थिए । घटनापछि सेना, नौसेना, राष्ट्रिय सुरक्षा गार्ड र राज्य सुरक्षा बल परिचालन गरिएको थियो । करिब एक हजार ८०० कैदी रहेको कारागार अहिले नियन्त्रणमा रहेको अधिकारीहरूले जनाएका छन् ।

विश्लेषकहरूका अनुसार कारागारमा अत्यधिक भीड, अपर्याप्त कर्मचारी र भ्रष्टाचारले हिंसा बढाएको छ । यसअघि गत मे महिनामा सिनालोआको राजधानी कुलियाकानस्थित कारागारमा भएको दङ्गामा सात कैदीको मृत्यु भएको थियो । आधिकारिक तथ्याङ्कअनुसार गत फेब्रुअरीसम्म मेक्सिकोका कारागारमा दुई लाख ६१ हजार ३८८ कैदी थिए ।

सिनालोआमा सन् २०२४ सेप्टेम्बरदेखि लागुऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका दुई गुटबीचको शक्ति सङ्घर्षले हिंसा चर्किएको छ ।

पूर्व लागुऔषध तस्कर जोआक्विन ‘एल चापो’ गुजमानका छोराहरूको समूह र पूर्व कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बादाका समर्थकबीचको द्वन्द्वले राज्यको सुरक्षा अवस्था बिग्रिएको हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कार्टेलविरुद्ध कडा कारबाही गर्न मेक्सिको सरकारमाथि दबाब दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan