जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काठमाडौं, २१ असोज : सर्लाही, मलंगवा नगरपालिका-२ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा कविलासी नगरपालिका-७ बस्ने ३२ वर्षीय शत्रुधन यादव समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय १८ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ डाँडापातु बस्ने ४० वर्षीय रोशन श्रेष्ठ समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय २० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
