खेलकर्मी सम्मानित
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
कागेश्वरी तेक्वान्दो डोजाङ एन्ड स्पोटर््स क्लबले खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान गरेको छ ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी विष्णु खत्री, कोशिन चौलागाईं र रेन्जी चौलागाईं सम्मानित भए ।
सोही अवसरमा नगर समितिका उपाध्यक्ष सन्दीप बस्नेत, समाजसेवी उमेश चौलागाईं र चन्द्रिका रायमाझी, सञ्चारकर्मी बटुकराज गिरी तथा शिक्षक विश्वास अर्याललाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबले जनाएको छ ।
