Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटिजन्स क्यापिटलो २०औं वार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
newsabhiyan

काठमाडौं, २० असोज । हिजो १९ गते सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार,काठमाडौंमा सम्पन्न भएको छ ।

संस्थाको २०औं साधारण सभाले आ.व.२०८२/८३ को मुनाफाबाट १३Ü नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८२/८३ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीयविवरणहरु पारित गरेको छ ।

साथै, आ.व. २०८३/८४ को लागि लेखापरिक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा संस्थाको नियमावलीअनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा डिम्याट खाता लगायतल गानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पूँजीबजार सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।

यस कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ भने कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहनु भएको छ ।

साथै, काठमाडौं उपत्यका बाहिर रहेका लगानीकर्ताहरूलाई पूँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न सहजपहुँचको आवश्यकता रहेको वर्तमान अवस्थामा, सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका देशभरका विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।

यसबाट देशका विभिन्न भूभागमा रहेका लगानीकर्ताहरूलाई पूँजीबजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच प्रदान गर्नुका साथै दीर्घकालीन तथा अनुशासित लगानी संस्कारको विकासमा समेत योगदान पु¥याउने उद्देश्य कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan