Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डुजुआनले जापानमा जनजीवन प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस-एएफपी)

टोकियो, ५ असोज : टाइफुन डुजुआन टोकियो नजिकिँदै गर्दा सोमबार जापानमा कम्तीमा २७५ उडान रद्द भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । जापान मौसम विज्ञान एजेन्सीले मङ्गलबारसम्म सेप्टेम्बरको औसत मासिक वर्षाभन्दा बढी पानी पर्न सक्ने चेतावनी दिएको छ ।
    
चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ । जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय तथा अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान रद्द गरेका छन् ।

एजेन्सीका अनुसार टाइफुनसँगै वर्षा र हावाको गति थप तीव्र हुने तथा केही क्षेत्रमा रेकर्ड तोड्ने भारी वर्षा हुनसक्छ । टोकियोबाट करिब ११० किलोमिटर टाढा हचिजोजिमा नजिक पुग्दा आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटरसम्म पुगेको थियो ।

भारी वर्षासँगै पहिरोको जोखिम रहेकाले स्थानीय अधिकारीले बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । आँधीका कारण विश्वकै ठूलो भिडियो गेम व्यापार मेला ‘टोकियो गेम शो’ अन्तिम दिन सोमबार निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ । चिबामा हुने प्रमुख खुला सङ्गीत महोत्सव र एउटा बेसबल खेलसमेत रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan