Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आँधी ‘दुजुआन’ का कारण जापानमा सयौँ उडान रद्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस-एएफपी)

टोकियो, ५ असोज : शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ नजिकिँदै गएपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द गरिएको छ ।

जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ ।

आँधीको हावाको गति प्रतिघण्टा १४४ किलोमिटर पुगेको छ । टोकियोनजिकैको चिबा क्षेत्रमा ४ हजारभन्दा बढी घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जापान एयरलाइन्सले १२० आन्तरिक र १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ भने अल निप्पोन एयरवेजले १४० आन्तरिक उडान स्थगित गरेको छ ।

टोकियो तथा आसपासका केही रेल सेवा पनि प्रभावित भएका छन् ।

आँधीका कारण ‘टोकियो गेम शो’को अन्तिम दिनको कार्यक्रम र चिबामा आयोजना हुने सांगीतिक महोत्सव तथा बेसबल खेलसमेत रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan