माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |
काठमाडौं, २८ भदौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६ गते बसेको संचालक समितिको ५६४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत ९कर सहित० जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।
