Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः हवाई उद्धारबाट ४ हजार १५७ जनाको उद्धार, सुरुङमा खोजी तीव्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार |
newsabhiyan

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। भाद्र २७ गते साँझ ५ः३० बजेसम्म सेनाले हवाई साधनमार्फत थप २० जनाको उद्धार गरेको छ।

यससँगै बाढी प्रभावित क्षेत्रबाट हालसम्म हवाई माध्यमबाट ४ हजार १५७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८७४ नेपाली र २८३ विदेशी नागरिक रहेका छन्।

बेपत्ता तथा प्रभावितको खोजीका लागि रसुवागढी जलविद्युत आयोजना क्षेत्रमा नेपाली सेना, Composite Quick Reaction Team तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

लाङ्गटाङ्ग जलविद्युत आयोजनाको टनेलभित्र संयुक्त टोलीले सम्पूर्ण क्षेत्रमा खोजी गरे पनि हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।

चिलिमे हाइड्रोपावरमा भने खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्याफ्रुबेसीदेखि टनेलसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण सम्पन्न गरिएको छ। टनेलभित्र आवतजावत गर्न मिल्ने बनाउन ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग भइरहेको छ। साथै Excavator प्रयोग गरी टनेलभित्र करिब ६५ मिटर लेदो हटाइसकिएको र थप खोजी जारी रहेको छ।

माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित Audit–३ टनेलमा नेपाली सेनासहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३A को पावरहाउस तथा टनेल क्षेत्रमा पनि खोजी जारी छ भने त्रिशूली–३B जलविद्युत आयोजना क्षेत्रमा नेपाली सेनासहितको टोलीले उत्खनन कार्यलाई निरन्तरता दिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan