Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २६ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २६ भदौः विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । 

काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गर्नुभयो । 
 
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए । 
    
उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा हुनुहुन्न । केहीका बुवा आमामध्ये एक जना हुनुहुन्न । कसैका दुवै हुनुहुन्न ।

विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पु¥याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ । 
 
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan